बल्खुमा राप्रपाको खबरदारी सभा, सुरक्षा निकाय ‘अलर्ट’

बल्खुमा राप्रपाको खबरदारी सभा, सुरक्षा निकाय ‘अलर्ट’
तस्बिर : अमृत पुडासैनी/उकेरा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा बृहत् खबरदारी सभा आयोजना गर्न लागेको छ। राप्रपाले जुलुससहित सभाको तयारी गरिरहँदा यस क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

यतिखेर बल्खु क्षेत्रमा जनपद तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिन्छ। प्रदर्शनको सुरक्षाका लागि भन्दै दुई हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ।

यसअघि चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन आँकलनभन्दा बाहिर गएपछि आजको सभामा सुरक्षा मजबुत बनाइएको हो।

यसका लागि हिजै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुरक्षा मजबुत कसरी बनाउने भन्ने विषयमा छलफल जुटेका थिए। राप्रपाले काठमाडौंको बल्खुमा हुने सभा शान्तिपूर्ण गरिने भनेको छ।

तर, यसअघि तीनकुनेमा राप्रपा संलग्न राजावादीहरूको प्रदर्शनमा हिंसात्मक बढेपछि सुरक्षा संयन्त्र अलर्ट बसेको छ।

 

चैत २६, २०८१ मंगलबार १२:१०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।