वाइवाइको ‘हट एण्ड स्पाइसी नुडल्स’ बजारमा, उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार

वाइवाइको ‘हट एण्ड स्पाइसी नुडल्स’ बजारमा, उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार

काठमाडौं : चाउचाउ ब्रान्ड वाइवाइले नयाँ स्वादमा ‘वाइवाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ नेपाली बजारमा ल्याएको छ। ५० रुपैयाँ मूल्यमा उपलब्ध यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गर्दै प्रस्तुत गरिएको हो।

विगत चार दशकदेखि वाइवाइले नेपालमा मात्र नभई, विश्व बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। उपभोक्ताको बदलिँदो स्वाद र रोजाइलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न स्वादका नयाँ विकल्पहरू बजारमा ल्याउँदै आएको छ।

हालै बजारमा ल्याइएको यो हट एण्ड स्पाइसी नुडल्स पनि उपभोक्ताहरूको पिरो स्वादप्रतिको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको सीजी फुड्सले जनाएको छ। यस नयाँ उत्पादनले उपभोक्ताको अपेक्षा अनुसारको स्वाद अनुभव गराउनेछ र वाइ वाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ।

वाइवाइले हालसालै ‘स्पाइसवर्स टिकटक च्यालेन्ज’ नामक प्रतिस्पर्धा पनि सुरू गरेको छ, जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबै भन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

‘१५ देखि २५ वर्ष उमेर समूहका युवाहरू, जो गेम खेल्न, स्ट्रीट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन्, उनीहरूको रुचिलाई समेट्ने प्रयास गरेका छौं। प्याकेजिङ डिजाइनको परीक्षणसमेत प्रविधिमैत्री विधिमार्फत गरिएको हो’, कम्पनीका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले भने।

हट एण्ड स्पाइसी नुडल्समा पिरो स्वादलाई सन्तुलित ढङ्गले प्रस्तुत गरेकाले उपभोक्तालाई नयाँ अनुभव दिने सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बताए।

चैत २६, २०८१ मंगलबार ११:२३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।