मन्त्री र मुख्यसचिवले  प्रधानमन्त्री ओलीलाई सुनाए आन्दोलित शिक्षकको माग

मन्त्री र मुख्यसचिवले  प्रधानमन्त्री ओलीलाई सुनाए आन्दोलित शिक्षकको माग

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूका माग र आन्दोलनका सम्बन्धमा सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरे।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरूसँगको छलफल गरेका हुन्।

छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँमा जारी आन्दोलनमा उठाइएका मागबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग तथा गुणस्तरीय शिक्षाको सुनिश्चितता लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

चैत २५, २०८१ सोमबार १९:१७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।