बैंककबाट गाँजा बोकेर नेपाल आएका भारतीय नागरिक पक्राउ
 
                    
                    
                    काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेको प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए।
थाई एअरको उडानमार्फत बैङ्ककबाट काठमाडौँ आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा गाँजासहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका उनलाई सोमबार सार्वजनिक गरिएको र थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ।
चैत २५, २०८१ सोमबार १९:१०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    