नेपाल लाइफलाई ‘बेस्ट लाइफ इन्स्योरेन्स’ अवार्ड

नेपाल लाइफलाई ‘बेस्ट लाइफ इन्स्योरेन्स’ अवार्ड

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दी इयर- २०२५’ अवार्ड दिइएको छ।

सत्रौं कर्पोरेट बिजनेस अवार्डमा कम्पनीलाई लाइफ इन्स्योरेन्स विधामा उक्त अवार्ड दिइएको हो।

अन्य मनोनीत कम्पनीमध्येबाट नेपाल लाइफले यो अवार्ड जितेको हो। उक्त अवार्ड कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले ग्रहण गरेका छन्।

अवार्ड नेपाली बिमा कम्पनीहरूको वित्तीय विवरण, सूचकांक, सुशासन दाबी भुक्तानीको अनुपात, चुक्ता पुँजी, प्रथम बिमा शुल्क आर्जनलगायत मापदण्डलाई मूल्यांकन गरिएको थियो।

सोही सिलसिलामा कम्पनीको कार्यकुशलता, प्रभावकारिता एवं पारदर्शी नीति तथा योजना, आमजनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहका आधारमा सर्वोत्कृष्ट रहेको ठहर गर्दै अवार्ड प्रदान गरिएको बताइएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा आभार प्रकट गरे।

चैत २५, २०८१ सोमबार १२:२३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।