सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी एम१६ फाइभजी, कति पर्छ मूल्य?

सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी एम१६ फाइभजी, कति पर्छ मूल्य?

काठमाडौं : सामसङले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एम१६ फाइभजी सार्वजनिक गरेको छ।

यसमा ६.७ इन्चको फुलएचडी प्लस सुपर एमोलेड डिस्प्ले, मिडियाटेक डाइमेन्सिटी ६३०० प्रोसेसर, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र ५००० एमएएच ब्याट्री राखिएको छ। फोनमा २५ वाटको फास्ट चार्जिङ सपोर्ट छ।

सामसङले यो मोडेलमा ६ वर्षसम्म अपरेटिङ सिस्टम र सुरक्षा अपडेट उपलब्ध गराउने छ। साथै, सामसङ नक्स भल्ट र भ्वाइस फोकसजस्ता सुविधाले फोनलाई अझ सुरक्षित बनाउने कम्पनीको दाबी छ।

ग्यालेक्सी एम१६ फाइभजीको नेपाली बजार मूल्य २६ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ। फोन ६ जीबी र्याम र १२८ जीबी स्टोरेज क्षमतामा उपलब्ध छ। कलर अप्सनमा ब्ल्याक, लाइट ग्रिन र लाइट पिङ्क छन्।

साथै, ग्राहकले हुलास फिनसर्भको सहकार्यमा न्यूनतम १३५० रुपैयाँ मासिक ईएमआईमा फोन खरिद गर्न सक्नेछन्। पुराना फोन एक्सचेन्ज गरी नयाँ एम१६ फाइभजी किन्न सबकोफोन र अर्कोस्टोरबाट सुविधा प्राप्त गर्न सकिने सामसङ नेपालले जनाएको छ।

चैत २५, २०८१ सोमबार ११:५०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।