जिल्ला अदालतमा पेश गरेपछि रवि लामिछानेलाई कारागार चलान गरियो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन्।
सोमबार प्रहरीले रूपन्देही जिल्ला अदालतमा पेश गरेपछि लामिछानेलाई रुपन्देहीस्थित जिल्ला कारागार चलान गरिएको हो।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि शुक्रबार राति लामिछाने पक्राउ परेका थिए।
अदालतको आदेश लगतै प्रहरीले लामिछानेलाई शुक्रबार राति काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान भैरहवा पुर्याएको थियो।
जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।
चैत २५, २०८१ सोमबार ११:४३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।