प्रभु बैंकद्वारा पोखरामा लघु, साना, मझौला तथा उपभोक्ता ऋण केन्द्रको स्थापना

प्रभु बैंकद्वारा पोखरामा लघु, साना, मझौला तथा उपभोक्ता ऋण केन्द्रको स्थापना

पोखरा : प्रभु बैंकले गण्डकी प्रदेशका लघु,साना तथा मझौला उद्यम र उपभोक्ता वर्गलाई लक्षित गरी लघु, साना, मझौला तथा उपभोक्ता ऋण केन्द्रको स्थापना गरेको छ।

प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा उद्घाटन भएको केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने बैंकको दाबी छ।

केन्द्रमार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ।

उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ।

चैत २५, २०८१ सोमबार ११:२२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।