शेयर बजारमा व्यापक गिरावट आएपछि ट्रम्पले भने- ‘चीजहरू ठीक गर्न औषधि आवश्यक छ’

काठमाडौं : विभिन्न देशहरूमा पारस्परिक कर लगाउने घोषणा गरेयता अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएकोबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्।
आइतबार सञ्चारकर्मीसँग आफूले केही पनि बिग्रियोस् भन्ने नचाहेको भन्दै कहिलेकहीँ चिजहरू ठिक गर्न औषधि खानुपर्ने बताए।
उनले भने, ‘म केहि पनि बिग्रियोस् भन्ने चाहन्न, तर कहिलेकाहीँ चीजहरू ठीक गर्न औषधि आवश्यक छ।’
ट्रम्पले चीन र भारतसहित विभिन्न देशहरूमा भन्सार लगाउने घोषणा गरेपछि शेयर बजारमा ठूलो गिरावट आएको छ। त्यो क्रम अझै रोकिएको छैन।
यद्यपि, राष्ट्रपति ट्रम्पले अमेरिकामा रोजगारी र लगानी फिर्ता आइरहेको दाबी गरेका छन्।
चैत २५, २०८१ सोमबार ०९:१५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।