जारी आईपीएलमा गुजरातको तेस्रो जित, हैदरावाद हारेको हार्‍यै

जारी आईपीएलमा गुजरातको तेस्रो जित, हैदरावाद हारेको हार्‍यै

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) गुजरात टाइटन्सले  तेस्रो जित निकालेको छ। सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै गुजरात ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६ दशलमव ४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ रन जोड्दा दुई विकेट गुमायो। ओपनर साई सुदर्शन ५ रनमा जोस बट्लर बिना रन जोडी आउट भए।

तर त्यसपछि कप्तान शुभमन गिल र वासिङ्टन सुन्दरले तेस्रो विकेटको लागि ९० रनको साझेदारी गर्दै इनिङ्स उकासे।

वासिङ्टन अर्धशतकबाट मात्र १ रनले चुके। २९ बल खेल्दै ५ चौका र २ छक्का सहित ४९ रन जोडेर मोहम्मद सामीको बलमा आउट भए। शुभमनले भने अर्धशतक बनाए। उनले ३६ बलमा ७ चौका सहित उनले अर्धशतक प्रहार गरे।

त्यसपछि शुभमन र सेरफान रूथफोर्डले गुजरातलाई जिततर्फ डोर्याए। शुभमनले ४३ बलबाट अविजित ६१ रनको पारी खेले। रुथफोर्ड अविजित ३५ रनमा रहे।

सनराइजर्सको बलिङमा पनि फितलो रहयो। उसको लागि मोहम्मद सामीले २ र प्याट क्युमिन्सले १ विकेट लिए।

त्यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो।

सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा आउट हुँदा ३८ रन मात्र बनाएको थियो।

ट्राभिस ८ रनमा अभिषेक १८ रनमा मोहम्मद शिराजको बलमा आउट भए। लगतै तेस्रो विकेटको रूपमा इशान किशन पनि १७ रनमा नै आउट भए। यसपछि हेनरिक क्लासेन र नितिश कुमार रेड्डीले चौथो विकेटको लागि ५० र को साझेदारी गरे।

हेनरिक २७ रनमा आउट भए। उनलाई पछयाउँदै नितिश ३१ रनमा पबिलियन फर्किए। उनी नै सर्वाधिक रन जोड्ने खेलाडी बने। सनराइजर्सले १०५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो।

यसपछि अन्य खेलाडीहरू पनि सस्तो रन रेटमा समेटिए। कप्तान प्याट क्युमिन्सले ९ बलबाट अविजित २२ रन जोडे।

बलिङमा मोहम्मद शिराजको प्रदर्शन प्रभावशाली रहयो। उनले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ४ विकेट लिए। प्रसिद्ध कृष्ण र साई किशोरले समान २ विकेट झारे।

४ खेलमा गुजरातको यो तेस्रो जित हो। उसले ६ अंक जोडेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्सको यो लगातरको चौथो हार हो। उसले ५ खेलबाट मात्र २ अंक बनाएको छ। यो हारमा उसको यात्रा निकै कठिन बनेको छ। 

प्रतियोगिता अन्तरगत आज राति पौने आठ बने वानखडेमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुनेछ।

चैत २५, २०८१ सोमबार ०७:२२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।