वरिष्ठ पत्रकार भैरव रिसाल रहेनन्, ९७ वर्षको उमेरमा निधन

काठमाडौं : ९७ वर्षको उमेरमा वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। उनलाई आइतबार दिउँसो उपचारका लागि बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा भर्ना गरिएको थियो।
आइतबार राति पौने ८ बजे उनको निधन भएको हो। रिसालले आफ्नो शरीर दान गरेकाले अन्तिम संस्कार नगरी शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिने परिवारले जानकारी दिएको छ।
चैत २५, २०८१ सोमबार ००:१५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।