‘जनै हराएको बाहुन’को शुभ मुहूर्तमा मिरुना आइन्,आएनन् विजय र केकी

‘जनै हराएको बाहुन’को शुभ मुहूर्तमा मिरुना आइन्,आएनन् विजय र केकी

काठमाडौं : राम नवमीको अवसर पारेर फिल्म ‘जनै हराएको बाहुन’को शुभ मुहूर्त गरियो। काठमाडौँको बुढानीलकण्ठमा आइतबार शुभ मुहूर्त हुँदा मुख्य कलाकार भने देखिएनन्।

विजय बराल,केकी अधिकारी,रियर राईलाई मुर्हत कार्यक्रममा उपस्थित भएनन्। फिल्मकी मुख्य अभिनेत्री मिरुना मगर आएकी थिइन्। अन्यमा सुशांक मैनाली, गौरव पहाडी र भोलाराज सापकोटा देखिए।

भोलि काभ्रेपलान्चोकको पनौतीबाट फिल्मको छायाङ्कन सुरु थाल्ने  निर्माण पक्षको भनाई छ। हिमाल न्यौपानेले निर्देशन गर्ने यो फिल्ममा असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्।

भानुभक्त ढकालले कथा, पटकथा र संवाद लेखेको यो फिल्ममा विमल न्यौपाने निर्माता छन् भने कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी सिवाकोटी, रुपेश लामा र आरके मानन्धर छन्।

चैत २४, २०८१ आइतबार २१:३३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।