अफगानिस्तान यु-१९ बाट नेपालले पायो मध्यम लक्ष्य

अफगानिस्तान यु-१९ बाट नेपालले पायो मध्यम लक्ष्य

काठमाडौं : अफगानिस्तान यू-१९ विरुद्धको दोस्रो अभ्यास यूथ ओडिआई खेलमा नेपालले मध्यम लक्ष्य पाएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान यू-१९ ले ५० ओभरमा अलआउट हुँदै १६८ रन बनाएर नेपाललाई १६९ रनको लक्ष्य दिएको हो।

उसका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए। रुहुल्लाह अरबले २७ रन बनाए। ओपनर खालिद अहमदजाइ १९ रनमा आउट भए।

नेपालका १० ओभरमा २३ रन दिएर ३ विकेट लिए। सिब्रिन श्रेष्ठ र बिपिन प्रसाद शर्माले २-२ तथा अभिषेक तिवारी र अपराजित पौडेलले १-१ विकेट लिए।

अफगानिस्तानले निरन्तर विकेट गुमाइरहँदा कप्तान महबुबले संयमित पारी खेल्दै टोलीको इनिङ सम्हालेका थिए।

पहिलो अभ्यास खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो।

चैत २४, २०८१ आइतबार १३:३२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।