शिक्षक महासङ्घद्वारा शैक्षिक हड्ताल घोषणा, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन रोक्न निर्देशन

शिक्षक महासङ्घद्वारा शैक्षिक हड्ताल घोषणा, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन रोक्न निर्देशन

काठमाडौं : शिक्षकहरूले आम शैक्षिक हड्ताल घोषणा गरेका छन्। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा भएको हो।

देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरिएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

महासङ्घको विज्ञप्तिमा लेखिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ।’

हड्ताल घोषणासँगै देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य उपस्थितिको लागि शिक्षक-कर्मचारी साथीहरूलाई महासङ्घले निर्देशन दिएको छ।

यसबीचमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार शैक्षिक भ्रमण लगायतका काममा समेत संलग्न नहुन महासङ्घले शिक्षकहरूलाई आग्रह गरेको छ।

शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्। उनले शिक्षा ऐन जारी गर्न माग गरिरहेका छन्।

चैत २४, २०८१ आइतबार १३:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।