गाजामा १५ स्वास्थ्यकर्मीको हत्यामा इजरायलले स्वीकार्यो गल्ती

एजेन्सी : इजरायली सेनाले मार्च २३ मा दक्षिणी गाजामा १५ जना इमर्जेन्सी स्वास्थ कर्मचारीको हत्यामा आफ्ना सैनिकहरूले गल्ती गरेको स्वीकार गरेको छ।
त्यस दिन, रफाह नजिकै प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी एम्बुलेन्स, संयुक्त राष्ट्र संघको कार र गाजा सिभिल डिफेन्सको दमकलको लाइनमाथि गोली प्रहार गरिएको थियो।
यसअघि इजरायलले लाइन इमर्जेन्सी लाइट नबाली ‘शंकास्पद रूपमा’ बढिरहेकाले सेनाले आक्रमण गरेको बताएको थियो।
आक्रमणको समयमा मारिएका एक मेडिकल कर्मचारीले आफ्नो मोबाइलमा भिडियो बनाएका थिए। फुटेजमा घाइतेहरूको लागि मद्दतको लागि कराइरहेको बेला सवारी साधनहरूको बत्ती बालिएको देखियो।
इजरायल डिफेन्स फोर्सेसले यी मध्ये कम्तीमा छ जना स्वास्थ्यकर्मी हमाससँग सम्बन्धित रहेको बताएको छ। यद्यपि, इजरायलले अहिलेसम्म कुनै प्रमाण दिएको छैन। शनिबार साँझ पत्रकारहरूलाई जानकारी दिँदै एक आईडीएफ अधिकारीले भने कि सेनाले पहिले तीन हमास सदस्यहरू सवार कारमा गोली चलाएको थियो।
जब एम्बुलेन्सहरू मद्दत गर्न आइपुगे, हवाई अनुगमनकर्ताहरूले जमिनमा रहेका सेनाहरूलाई सतर्क गराउँदै लस्कर ‘शंकास्पद तरिकाले अघि बढिरहेको’ जानकारी गराएको बताइएङ्को छ।
जब एम्बुलेन्स हमासको कार नजिकै रोकियो, इजरायली सैनिकहरूले आफू खतरामा परेको ठाने र गोली चलाउन थाले। जबकि आपतकालीन टोलीका कुनै पनि सदस्य हतियारधारी थिए भन्ने कुनै प्रमाण थिएन।
इजरायलले पहिले प्रदान गरेको जानकारी गलत भएको स्वीकार गरेको छ। इजरायलले भनेका थिए कि सवारी साधनहरू बत्ती बिना नै त्यहाँ पुगेका थिए।
चैत २४, २०८१ आइतबार १०:५०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।