चैत २६ गतेको राप्रपाको आमसभालाई संयुक्त जनआन्दोलन समितिको समर्थन

काठमाडौं : राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गर्न लागेको आमसभालाई समर्थन गरेको छ।
समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले एक विज्ञप्ति निकालेर राप्रपाले चैत २६ गते भृकुटीमण्डपमा गर्न लागेको प्रदर्शन तथा वृहत आमसभलाई समर्थन गरेको उल्लेख गरेका छन्।
उनले उक्त कार्यक्रममा राष्ट्रिय भण्डासहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउन समेत सम्पूर्ण राजासंस्था समर्थकहरूलाई आग्रह गरेका छन्।
समितिले गत चैत १५ गते आयोजना गरेको प्रदर्शनमा दुई जनाको मृत्यु र एक सयभन्दा बढी मानिस घाइते भएका थिए।
चैत २४, २०८१ आइतबार १०:३७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।