फिल्म‘पीताम्बर’को प्रमोसनमा अस्ट्रेलियादेखि प्रदीप आए, तर नेपालमै भएका दया र सौगात देखिएनन्

फिल्म‘पीताम्बर’को प्रमोसनमा अस्ट्रेलियादेखि प्रदीप आए, तर नेपालमै भएका दया र सौगात देखिएनन्

काठमाडौं : आफ्नो करिअर छायामा पर्दै गएपछि कलाकारलाई कतिको छटपटी हुन्छ भन्ने अभिनेता प्रदीप खड्कालाई हेरे पुग्छ। जम्बो कलाकार राखेर निर्माण भएको फिल्म ‘पुजार सार्की’चले पनि गत माघमा प्रदर्शनमा आएको फिल्म ‘एक्टर : टेक वान’ चलेन।

उनको विशेष भूमिका भएको फिल्म नै नचलेपछि उनको छटपटी बेग्लै थियो। ‌ओरालो लागेको अभिनयको ग्राफ उकाल्न एक्टर चल्नुपर्ने थियो। तर चलेन।

उनको अर्को महत्त्वाकाङ्क्षी फिल्म हो ‘पिताम्बर’। यसमा उनी मात्र छैनन्, कलाकारको जम्बो टोली नै छ। तर यो फिल्मले ल्याउने नतिजाले प्रदीपको करिअरमा विशेष अर्थ राख्छ।

त्यसैले त  अस्ट्रेलिया पुगे पनि उनी दुई दिनमै नेपाल फर्किए फिल्मको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा सहभागी हुन।

तर कार्यक्रममा नेपालमै भएका अभिनेता दयाहाङ राई र सौगात मल्ल भने देखिएनन्। उनीहरू यतिबेला फिल्म ‘वरिष्ठ बलराम’को सुटिङमा रहेकाले आउन नपाएको दाबी आयो।

दया र सौगात प्रमोसनमा नहुँदा फिल्मकी निर्देशक कृषा चौलागाई प्रदीप, दिव्या रायमाझी, सुपुष्पा भट्टलाई बोकेर हिँडिरहेकी छन्।

निर्माण टिमको दाबी अनुसार फिल्मको लगानी झन्डै पाँच करोड छ। फिल्मको लगानी उठ्न पनि कमसेकम १२ करोड बढीको ग्रस कलेक्सन हुनुपर्छ।

चैत १९, २०८१ मंगलबार २३:४९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।