राजावादी आन्दोलनमा सरोकारै नभए पनि गोली लाग्यो, अस्पतालमा छन् १६ घाइते

राजावादी आन्दोलनमा सरोकारै नभए पनि गोली लाग्यो, अस्पतालमा छन् १६ घाइते

काठमाडौं : कोटेश्वर क्याम्पसका विद्यार्थीहरू हातमा सँगै पढ्ने साथीको तस्बिरसहित प्रदर्शनमा उत्रिएपछि चैत १५ को घटनामा गम्भीर घाइतेबारे ध्यान तानियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू अस्पतालसम्म पुगे।

ती थिइन् रेविका खत्री र उनका दाइ दिनेश । खत्री कोटेश्वर क्याम्पसको बीबीएस तेस्रो वर्षकी छात्रा हुन्। आन्दोलनका कारण भित्री बाटोबाट हिँडिरहेकी उनले दाईलाई लिन बोलाएकी थिइन्।

तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक हुँदा सुरक्षाकर्मीले चलाएको गोलीले उनो तिघ्रा छेड्यो। दाई पनि घाइने भए। उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएकोमा अहिले पनि आइसियुमा उपचार भइरहेको छ।

प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटना सार्वजनिक भए पनि घाइतेको सङ्ख्या खुल्यो तर उनीहरूको अवस्था खुलेको छैन। प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कमा दुई जनाको मृत्यु र सुरक्षाकर्मीसहित १ सय २८ जना घाइते भएको उल्लेख छ।

घाइतेमध्ये प्रदर्शनकारीतर्फ ५१ जना उल्लेख छ। तर राजावादीको प्रदर्शनमा सरोकारै नभएका रेविकाजस्तै घाइतेहरु पनि देखिए।

प्रहरीको प्रारम्भिक विवरण अनुसार घाइते ५१ मध्ये ३५ जनाको डिस्चार्ज भइसकेको छ। १६ जना उपचाररत छन्। यी मध्ये केएमसी अस्पतालमा ६ जना छन्। ट्रमामा गोली लागेका दुई जना उपचाररत छन्। सिभिलमा रेविकासहित तीन जना, विएन्डवीमा चार जना र पाटन अस्पतालमा एक जनाको उपचार भइरहेको छ। उपचाररत अधिकांशलाई गोली लागेको छ।

दीनेश र रेविकासँगै, डिल्लीप्रसाद लुइँटेल  इन्द्रमाया खत्री लगायतकाहरुलाई गोली लागेको थियो। उनीहरुको राजावादी आन्दोलनसँग कुनै सम्बन्ध देखिदैन। 

चैत १९, २०८१ मंगलबार २३:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।