कुपोषणले नै बिते ‘लाज शरणम्’मा कुपोषणको भूमिकामा अभिनय गरेका विकास

कुपोषणले नै बिते ‘लाज शरणम्’मा कुपोषणको भूमिकामा अभिनय गरेका विकास

काठमाडौं : फागुन १४ बाट प्रदर्शनरत फिल्म ‘लाज शरणम्’का कलाकार विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ। उनले फिल्ममा कुपोषण लागेका बालकको अभिनय गरेका थिए। अन्तमा कुपोषणले नै उनको ज्यान लियो।

फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेलले उनको निधन भएको पुष्टि गरे। फिल्ममा उनले कर्णालीका बासिन्दा बनेका महेश त्रिपाठी र रेणु योगीका सन्तानको भूमिका निर्वाह गरेका थिए।

कुपोषणबाट  गुज्रिरहेका केसीलाई उपचारका लागि लाज शरणम्’ टिमले ग्रिन सिटी अस्पताल भर्ना गरेको थियो। ग्रिन सिटी अस्पतालले कान्ति बाल अस्पताल रिफर गरेको र कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै फिर्ता गरेको निर्देशक कट्टेलले जानकारी दिए।

उनका अनुसार सुटिङ समयमा उनको स्याहार र परिवारको सहजताका लागि खानेकुरा, लत्ता कपडा र सञ्चारका लागि मोबाइल उपलब्ध गराएका थिए।

निर्देशक कट्टेलले फिल्म ‘लाज शरणम्’मा कुपोषण लागेको बच्चाको पात्र खोज्दा गीतकार वसन्त उदासले सक्कली कुपोषण लागेका बालकसँग भेट गराएको बताए।

चैत १९, २०८१ मंगलबार २२:५२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।