तीनकुने घटना : थप १८ जना पक्राउ, ८ जनामाथि राज्य विरुद्ध र संगठित अपराधको आरोप

तीनकुने घटना : थप १८ जना पक्राउ, ८ जनामाथि राज्य विरुद्ध र संगठित अपराधको आरोप

काठमाडौँ : तीनकुनेमा शुक्रवार भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा थप १८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका १८ मध्ये ८ जनामाथि राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा म्याद थप भएको छ अन्य १० जनामाथि आपराधिक उपद्रवको कसुर लगाइएको छ।

मंगलबार उनीहरूलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईँको अगुवाइमा उपस्थित समर्थक र भिडलाई उत्तेजित बनाएर हिंसा फैलाएको दाबी गरेको छ।

राज्य विरुद्ध र संगठित अपराधको कसुरमा कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत र देवी प्रसाद सङ्ग्रौला छन्।

यस अगाडि राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा लगायत ११ जनामाथि समेत राज्य विरुद्धको कसुर र संगठित अपराधको आरोपमा म्याद थप भएको थियो। ४१ जनामाथि भने आपराधिक उपद्रवको आरोपमा म्याद थप भएको थियो।

चैत १९, २०८१ मंगलबार १८:५०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।