तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा

काठमाडौं : चैत १५ मा तीनकुनेमा भएको विरोध प्रदर्शनमा गम्भीर सुरक्षा चुक देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिन्।
मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरू कुरा गर्दै उनले चैत १५ को प्रदर्शनका क्रममा गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको दाबी गरिन्। उनले प्रशासनले आवश्यक कामहरू पनि पूरा नगरेको र सरकारले लापरबाही गर्दा कीर्तिपुरका सविन महर्जनको ज्यान गएको दाबी गरिन्।
‘उहाँले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको स्पष्ट देखिन्छ। अब उहाँले राजीनामा दिएर अरू सक्नेलाई जिम्मेवारी दिनुभए हुन्छ' उनले भनिन्।
प्रशासन हुनुपर्ने ठाउँमा उपस्थित नभएको र प्रदर्शन नियन्त्रणमा सरकार चुकेको उनको दाबी छ। सविन महर्जनको विषयमा समेत दुईतर्फ झडप भएर गोली लागेको भने पनि वास्तविकता अर्कै देखिएको उनले दाबी गरिन्।
चैत १९, २०८१ मंगलबार १६:५५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।