नेप्सेको नेतृत्वको निर्णय उल्टाउँदै सरकारले नियुक्त गर्यो चूडामणिलाई

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेललाई नियुक्त गर्ने निर्णय सच्याउँदै सरकारले झापाका चूडामणि चापागाईँलाई नियुक्त गरेको छ।
यस अगाडिको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई नियुक्तिको निर्णय गरेको थियो। आर्थिक अनुशासन कमजोर रहेको र तारागाउँ विकास समितिमा रहँदा विवादित निर्णयमा संलग्न रहेको खुलेसँगै सरकारले नियुक्तिको निर्णय सार्वजनिक गरेन।
सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय सच्याउँदै चापागाईँलाई नियुक्त गर्ने निर्णय गर्यो। उनलाई मंगलवार राजस्व सचिव दिनेशकुमार घिमिरेले नियुक्ति पत्र समेत दिइसकेका छन्।
चैत १९, २०८१ मंगलबार १६:४१:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।