नेप्से फेरि ओरालोतिर, १६ अंकले घटेर बजार बन्द

नेप्से फेरि ओरालोतिर, १६ अंकले घटेर बजार बन्द

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। मंगलबार नेप्से परिसूचक १६ दशमलव ९५ अङ्कले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा कायम भयो।

मंगलबार ३ सय २० कम्पनीका एक करोड छ लाख ७० हजार ६ सय ४९ कित्ता शेयर ५६ हजार ५ सय ४८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७ सय बराबरको कारोबार भयो।

मंगलबारको कारोबारमा व्यापार समूह तीन दशमलव ८० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

बैङ्किङ समूह शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ९५, वित्त एक दशमलव ८४, होटेल तथा पर्यटन एक दशमलव ७४, जलविद्युत् शून्य दशमलव ९९ र लगानी शून्य दशमलव ४४ प्रतिशतले घटेको छ।

जीवन बिमा शून्य दशमलव ६३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, लघुवित्त एक दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव शून्य दशमलव दुई, निर्जीवन बिमा शून्य दशमलव ३८ र अन्य समूह एक दशमलव ३९ प्रतिशतले घट्यो।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सबैभन्दा धेरै घट्नेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड भयो। यसको शेयर मूल्य पाँच दशमलव ५६ प्रतिशतले घट्यो।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको ६४ करोड २५ लाख ६६ हजार ६ सय २२ बराबरका छ लाख २७ हजार ३ सय ९ कित्ता शेयर किनबेच भयो।

चैत १९, २०८१ मंगलबार १६:३३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।