२१ जनाको टोली लिएर प्रधानमन्त्री ओली थाइल्यान्ड गए

काठमाडौं : बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा गए।
मंगलबार उनी २१ जनाको टोलीसहित थाइल्यान्ड गएका हुन्। थाइल्यान्ड भ्रमणमा दुइवटा समझदारी पत्रमा हस्ताक्षर हुने उनले सोमबार प्रतिनिधि सभामा जानकारी गराएका थिए।
नेपालको कार्यकारी प्रमुखको थाइल्यान्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो। प्रधानमन्त्री चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
भ्रमणमा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा.युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल छन्।
टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना सदस्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चैत १९, २०८१ मंगलबार १६:२५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।