आज रातिबाट संसद अधिवेशन अन्त्य

आज रातिबाट संसद अधिवेशन अन्त्य

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन्।

यसअघि, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

अधिवेशन अन्त्य गर्ने सूचना आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए।

चैत १९, २०८१ मंगलबार १३:१६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।