प्रतिनिधि सभाबाट सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित

प्रतिनिधि सभाबाट सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित
फाइल तस्बिर

काठमाडौं : प्रतिनिधि सभाको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

मंगलबार बसेको बैठकले बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै एक मिनेटको मौन धारण समेत गरेको छ।

त्यसका अलावा आजको कार्यसूचीमा राखिएका सम्पूर्ण सूची हटाइएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

शोक प्रस्ताव पारित गरेसँगै सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट आएको अधिवेशन अन्त्य गर्ने सूचना पढेर सुनाएका थिए।

चैत १९, २०८१ मंगलबार १२:५८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।