काठमाडौं आज पनि विश्वकै प्रदूषित शहर, श्वास फेर्नका लागि ‘अति अस्वस्थकर’ हावा

काठमाडौं : काठमाडौं मंगलबार पनि विश्वकै प्रदूषित शहर बनेको छ।
वायुको गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यूएयरको सूचकांकले काठमाडौं सर्वाधिक प्रद्रूषित भएको देखाएको हो।
मंगलबार दिउँसो १२ बजे काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २५६ पुगेको आईक्यू एयरको तथ्यांक छ।
यो सूचीको दोस्रो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई १९२ छ। तेस्रो नम्बरमा रहेको थाइल्यान्डको च्याङमाईको एक्यूआई १६४ मापन भएको छ।
स्वास्थ्यका हिसाबले काठमाडौं ‘अति अस्वस्थकर’ बनेको छ। अरू शहर ‘अस्वस्थकर’ छन्।
यसअघि हिजो पनि काठमाडौं विश्वकै प्रदूषित शहर बनेको थियो।
चैत १९, २०८१ मंगलबार १२:४४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।