गाजामा संयुक्त राष्ट्रसंघका अधिकारी मारिएपछि अमेरिकाले भन्यो- ‘सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्नुपर्छ’

गाजामा संयुक्त राष्ट्रसंघका अधिकारी मारिएपछि अमेरिकाले भन्यो- ‘सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्नुपर्छ’

एजेन्सी :  अमेरिकाले गाजा द्वन्द्वमा संलग्न सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्नुपर्ने बताएको छ

इजरायली सेनाको आक्रमणमा गाजामा १५ जनाको मृत्यु भएपछि अमेरिकाकाले यस्तो बयान आएको हो। मारिनेहरूमा एक जना प्यारामेडिक, एक जना नागरिक रक्षाकर्मी र एक जना संयुक्त राष्ट्र संघका अधिकारी समावेश थिए।

यी मृत्युहरूको बारेमा सोधिएको प्रश्नको जवाफमा, अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले भने, ‘गाजामा जे भइरहेको छ त्यो हमासका कारण भइरहेको छ।’

अर्कोतर्फ, संयुक्त राष्ट्र संघले मार्च २३ मा भएका श्रृंखलाबद्ध आक्रमणहरूमा पाँच एम्बुलेन्स, एउटा दमकल र एउटा संयुक्त राष्ट्र संघको गाडीलाई निशाना बनाइएको बताएको छ।

इजरायली सेनाले के भन्यो?
इजरायली सेनाले भने हेडलाइट वा आपतकालीन संकेत बिना चलाइएका सवारी साधनहरूलाई मात्र निशाना बनाइएको दाबी गरेको छ।

सेनाले यी आक्रमणहरूमा हमासका एक सदस्य र केही अन्य लडाकुहरू पनि मारिएको बताएको छ। आक्रमणपछि शव संकलन गरेको र बालुवामा गाडेकोबारे सेनाले कुनै बयान दिएको छैन।

चैत १९, २०८१ मंगलबार १२:०६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।