सुनको मूल्य बढेको बढ्यै, आज तोलाको एक लाख ७९ हजार नाघ्यो

काठमाडौं : सुनको मूल्य अहिलेसम्मै उच्च विन्दुमा पुगेको छ। पछिल्लो केही दिनदेखि बढिरहेको सूनको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन।
सोमबारको तुलनामा मंगलबार सुन तोलामा १८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ थियो।
त्यसैगरी चाँदीको मूल्य भने आज स्थिर रहेको छ। आज चाँदी तोलाको दुई हजार ३५ रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
चैत १९, २०८१ मंगलबार ११:३२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।