राप्रपा वरिष्ठ नेता तथा सांसद् दीपक बोहराको निधन

राप्रपा वरिष्ठ नेता तथा सांसद् दीपक बोहराको निधन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएको छ।

पूर्वमन्त्री समेत रहेका बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको पार्टीका महामन्त्री राजेन्द्र गुरुङले उकेरालाई जानकारी दिए।

गुरुङका अनुसार लामो समयदेखि स्वास्थ्य समस्या रहेका उनको उपचारमा रहेका उनको आज विहान मृत्यु भएको हो।

पार्थिव शरीरलाई श्रद्धान्जली लागि राख्नका लागि राख्न र अन्तिम संस्कारको सम्बन्धमा पनि परिवारसँग सल्लाह गरेर थप निर्णय लिइने उनको भनाइ छ।

अहिले राप्रपाका नेता तथा कार्यकर्ता ओम अस्पतालमा जम्मा हुने क्रम बढ्दैछ।

चैत १९, २०८१ मंगलबार ११:२३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।