पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा चार बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी : भारतको पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ।
सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु भएको हो।
विस्फोटबाट मारिनेहरूमा चार बालबालिका र दुई महिला रहेको एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ।
‘सबै शवहरू बरामद भइसकेका छन्। घाइते एक जना महिलालाई उनको घरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ’, सुन्दरवन प्रहरी जिल्लाका एसपी कोटेश्वर रावले बताए।
चैत १९, २०८१ मंगलबार ०८:१७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।