दुर्गा प्रसाईँ फरारै, सहयोगी सङ्ग्रौला पक्राउ

दुर्गा प्रसाईँ फरारै, सहयोगी सङ्ग्रौला पक्राउ

काठमाडौं : तीनकुने प्रदर्शनमा संलग्न रहेर आपराधिक गतिविधि गरेको आरोपमा दुर्गा प्रसाईँका सहयोगी देवी सङ्ग्रौला पक्राउ परेका छन्।

उनलाई काठमाडौँ उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको हो। उनी ललितपुरको भैँसेपाटीमा पक्राउ परेका हुन्।

तीनकुनेमा राजावादीहरूको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले शनिवारबाट एक सय बढीलाई पक्राउ गरेर ५२ जनाविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएको थियो।

पक्राउ आरोपीहरूमध्ये रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायत ११ जनाविरुद्ध राज्यद्रोहको कसुरमा र बाँकीमाथि ४१ जनामाथि आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको हो।

प्रदर्शनको कमान्डर रहेका प्रसाईँको खोजी सुरु गरे पनि उनी शुक्रवारदेखि नै फरार छन्। सो घटनामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारीले आगो लगाएको घरमा परेर एक जना पत्रकारको मृत्यु भएको थियो।

चैत १८, २०८१ सोमबार १९:३४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।