पहिलो पटक एकीकृत समाजवादीको कार्यालय पुगे ओली

पहिलो पटक एकीकृत समाजवादीको कार्यालय पुगे ओली

काठमाडौं : एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टी कार्यालय पुगेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा सम्बोधनपछि ओली एमालेबाटै फुटेर माधवकुमार नेपालको नेतृत्वमा २०७८ भदौमा गठन भएको एकीकृत समाजवादीको कार्यालयमा पुगेका हुन्।

चैत १५ गते राजसंस्था पुनर्स्थापनाको मागसहित दुर्गा प्रसाईंको आह्वानमा भएको प्रदर्शनपछि एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनीसमेत भएको थियो।

एकीकृत समाजवादीका नेता कमल कोइरालाको निधन भएको र शव पार्टी कार्यालय आलोकनगरमा राखिएकोले श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली पुगेका हुन्।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीको कार्यालय अवलोकनसमेत गरेका छन्।

ओली एकीकृत समाजवादी कार्यालय पुग्दा त्यहाँ हालै एमालेले पार्टीबाट निकालेका पूर्वउपाध्यक्ष भीम रावल पनि देखिएका थिए।

त्यस क्रममा ओलीलेल एकीकृत समाजवादीको कार्यालय अवलोकनसमेत गरेका छन्।

चैत १८, २०८१ सोमबार १४:३४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।