राप्रपा सांसद राणा पक्राउ परेकोबारे सदनलाई जानकारी

राप्रपा सांसद राणा पक्राउ परेकोबारे सदनलाई जानकारी

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणा पक्राउ परेको जानकारी प्रतिनिधिसभा बैठकमा गराएका छन्।

आजको बैठकमा सभामुख घिमिरेले प्रहरीले संघीय संसद् सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाएका हुन्।

ललितपुर महानगरपालिका-१५ बाट शुक्रबार राति ९ बजे पक्राउ गरिएको जानकारी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको जानकारी संघीय संसद् सचिवालयलाई शनिबार गराएको थियो।

चैत १८, २०८१ सोमबार १३:५६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।