ओली बोल्दै गर्दा अवरोध भएपछि कांग्रेस र एमालेको आपत्ति

ओली बोल्दै गर्दा अवरोध भएपछि कांग्रेस र एमालेको आपत्ति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दै गर्दा अवरोध भएकोमा कांग्रेस र एमालेको आपत्ति जनाएका छन्।

कांग्रेस सांसद विश्वप्रकाश शर्मा र एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री बोल्दै गर्दा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले गरेको अवरोधप्रति आपत्ति जनाउँदै यसलाई संसदीय इतिहासको कालो धब्बा भनेका छन्।

सम्बोधनका क्रममा कांग्रेस सांसद शर्माले अहिलेको व्यवस्थामा असन्तुष्टिका स्वरहरु भए पनि त्यसलाई यसै व्यवस्थामार्फत सम्बोधन गर्दै लैजानुपर्नेमा जोड दिए।

उनले भने, ‘मोटर बिग्रियो भने गोरु गाडा खोज्नेरु यो पल्लो छेउमा बसेका साथीले नभनुन्। निर्मल निवास बसेका ज्ञानेन्द्र शाहले नगरुन्।’

सोही प्रसङ्गमा उनले अहिले सत्तामा नभएर पावर एक्सरसाइज गर्न नपाएका ज्ञानेन्द्रको त यो अवस्था छ भने भोलिमा सत्तामा आउँदा संवैधानिक राजाको रूपमा बस्न सक्लान् भनेर समेत उनले प्रश्न गरे।

देशको जनमत गणतन्त्रवादीको पक्षमा भएको चैत १५ गतेको दुई सभा र चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले पनि प्रष्ट पारेको उनको भनाइ छ।

चैत १८, २०८१ सोमबार १२:४४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।