१५ चैतको सबै घटनाको मुल जिम्मेवार ज्ञानेन्द्र शाह हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्रले पनि उन्मुक्ति नपाउने बताएका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको र तीनकुने घटनाबारे प्रतिनिधि सभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले हिंसात्मक प्रदर्शनको जिम्मा पूर्वराजाले लिनुपर्ने र उनले पनि उन्मुक्ति नपाउने बताएका छन्।
‘मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ? यी सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ’, उनले भने।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहकै उक्साहटमा अराजकता मच्चिएको बताएका हुन्।
‘तत्कालीन राजा ज्ञानेन्द्र शाहका लागि फागुन २५ गते कथित स्वागत-सवारी आयोजना गरियो। चैत १४ गते समाज विथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमाण्डर तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो’, उनले भने।
चैत १८, २०८१ सोमबार १२:२५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।