ओलीले जवाफ दिने क्रममा ज्ञानेन्द्र शाहीको अवरोध, रेकर्डबाट हटाउन माग

ओलीले जवाफ दिने क्रममा ज्ञानेन्द्र शाहीको अवरोध, रेकर्डबाट हटाउन माग

काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरू भएको छ। आजको बैठकमा विपक्षी दलले उठाएका सवालको प्रधानमन्त्री केपी ओलीले जवाफ दिँदै छन्।

विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग्दै सदन अवरुद्ध गरिरहेका थिए।

ओलीले सदनमा बोल्दा तीनकुनेमा भएको प्रदर्शनका सन्दर्भ र पूर्वराजा ज्ञानेन्द्र शाहको सवारीका बारेमा टिप्पणी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहले नियमापत्ति गरेका थिए।

उनले पटक-पटक नियमापत्ति गरे। तर सभामुखले उनलाई समय दिएपछि मात्र बोल्न निर्देशन दिए। त्यसपछि ओलीले आफ्नो भनाइ पूरा गरे।

ओलीले आफ्नो भनाइ पूरा गरेपछि सांसद ज्ञानेन्द्र शाहीले कसैलाई होच्याउने शब्द प्रयोग गर्न नपाइने भन्ने व्यवस्था नियमापत्तिमा आफ्नो भनाइ राखे।

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गरेको सन्दर्भलाई ‘कथित स्वागत’ भनेर होच्याएको भन्दै  शाहीले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गरेका थिए।

चैत १८, २०८१ सोमबार १२:०८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।