विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, दोस्रो स्थानमा दिल्ली

विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, दोस्रो स्थानमा दिल्ली

काठमाडौं : काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहर बनेको छ।

वायु प्रदूषण मापन गर्ने स्विट्जरल्यान्डको वेबसाइट आईक्यूएयरका अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको हो।

उपत्यका आसपास लागेको डढेलोको धुँवा र उपत्यकाभित्रकै सवारी साधनबाट उत्सर्जित भएका धुँवा अनि धुलोका कारण उपत्यका प्रदूषित बनेको हो।

पछिल्लो दुई दिनदेखि बेगसँग हावा नचल्दा पनि प्रदूषण उपत्यकामै रहिरहेको छ।

उक्त वेबसाइटका अनुसार काठमाडौं २५३ एक्यूआईसहित प्रदूषित शहरको पहिलो स्थानमा छ। यो एक्यूआई मानव स्वास्थ्यका लागि एकदमै अस्वस्थकर हो।

० देखि ५० सम्मको एक्यूआई मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको मध्यम मानिन्छ।

त्यसैगरी १०१ देखि १५० सम्मको संवेदनशील समूहका लागि स्वस्थ्यकर, १५१ देखि २०० सम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म एकदमै अस्वस्थकर र ३०१ देखि माथि घातक मानिन्छ।

उक्त वेबसाइटका अनुसार दोस्रो स्थानमा २२१ एक्यूआईसहित भारतको दिल्ली र तेस्रो स्थानमा १७४ एक्यूआईसहित इजिप्टको कायरो शहर छ।

चैत १८, २०८१ सोमबार १०:५८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।