सुनको मूल्य हालसम्मकै उच्च, आज कति पुग्यो?

सुनको मूल्य हालसम्मकै उच्च, आज कति पुग्यो?

काठमाडौं : सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

आइतबारको तुलनामा सोमबार सुन तोलामा ११ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको छ।

हिजो यो मूल्य तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ थियो।

त्यसैगरी हिजो तोलाको दुई हजार २५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर दुई हजार ३५ रुपैयाँ रहेको छ।

चैत १८, २०८१ सोमबार १०:४०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।