चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु

बाजुरा : बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।
खप्तड छेडेदह गाउँपालिका-३ धुर्ताेलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो।
रावतको घटनास्थलमै ज्यान गएको चौधरीले बताए।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ।
चैत १८, २०८१ सोमबार ०८:५८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।