पुटिनसँग रिसाए ट्रम्प, भने- ‘जेलेन्स्कीको आलोचना गरेको मलाई मन परेन’

पुटिनसँग रिसाए ट्रम्प, भने- ‘जेलेन्स्कीको आलोचना गरेको मलाई मन परेन’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति पुटिनसँग धेरै रिसाएको बताएका छन्।

आइतबार एनबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा उनले आफू रुसी राष्ट्रपति पुटिनसँग धेरै रिसाएको बताएका हुन्।

उनले पुटिनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको नेतृत्वको आलोचना गर्ने तरिका मलाई मन नपरेको समेत उल्लेख गरेका छन्।

पुटिनले शुक्रबार युक्रेनमा जेलेन्स्कीलाई सत्ताबाट हटाउन सक्ने अस्थायी सरकार गठनको लागि आह्वान गरेका छन्।

ट्रम्पले भने, ‘पुटिनले युक्रेनमा नयाँ नेतृत्व खोजिरहेका छन्, जसले शान्ति सम्झौतामा ढिलाइ हुन सक्छ। नयाँ नेतृत्वको अर्थ हो कि तपाईं लामो समयसम्म कुनै पनि सम्झौता गर्न सक्षम हुनुहुने छैन।’

रुसमाथि प्रतिबन्ध बढाउनुको अर्थ रुसबाट तेल किन्ने देशहरूले अमेरिकामा व्यापार गर्न नसक्ने भन्ने हुन्छ।

यसअघि अमेरिकी राष्ट्रपतिले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आलोचना गर्दै युद्धसँग जुध्ने उनको तरिकाबाट दिक्क भएको बताएका थिए। नयाँ चुनाव गराउन असफल भएकोमा ट्रम्पले जेलेन्स्कीलाई तानाशाह भनेका थिए।

चैत १८, २०८१ सोमबार ०८:२२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।