अन्तिम ३० बलमा खराब ब्याटिङ गर्दा चेन्नई लगातार दोस्रो पटक पराजित

अन्तिम ३० बलमा खराब ब्याटिङ गर्दा चेन्नई लगातार दोस्रो पटक पराजित

काठमाडौं : डेथ ओभरहरूमा ब्याटिङ खराब हुँदा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को १८औं सिजनमा लगातार दोस्रो हार व्यहोर्नुपरेको छ।

आइतबार गुवाहाटीमा भएको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ६ रनको अन्तरले पराजित गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले नौ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। नितिश राणाले ३६ बलमा ८१ रनको आक्रामक पारी खेले।

पहिले ब्याटिङ गरेको राजस्थानले पहिलो ओभरमै विकेट गुमायो। नितिश तेस्रो नम्बरमा आए, उनले आक्रामक ब्याटिङ गर्दै चेन्नईका बलरहरूलाई दबाबमा राखे।

राजस्थानका लागि वानिन्दु हसरंगाले चार विकेट लिए भने रियान परागले ३७ र सञ्जु सामसनले २० रन बनाए।

बलिङतर्फ चेन्नईका खलील अहमद, नूर अहमद र मथिसा पाथिरानाले समान दुई-दुई विकेट लिए।

१८३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको चेन्नईले २० ‌ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाउन सक्यो। उसका लागि ऋतुराज गायवाडले ४४ बलमा ६३ रनको अर्धशतकीय पारी खेले।

त्यसका अलावा रविन्द्र जडेजाले ३२ र राहुल त्रिपाठीले २३ रन बनाए। १५ ओभरमा १२२ रन बनाएको चेन्नईका लागि अन्तिम ५ ओभरमा ६१ रन आवश्यक थियो।

त्यसपछिका ३ ओभरमा, एमएस धोनी र रविन्द्र जडेजाले केवल २२ रन मात्र बनाउन सके। १२ बलमा ३९ रन आवश्यक भएकोमा टोलीले ३२ रन मात्र बनाउन सक्यो।

राजस्थानका वानिन्दु हसरंगाले चार विकेट लिए।

जितसँगै राजस्थान तीन खेलमा एकमा जितसहित तालिकाको नवौं स्थानमा छ। समान खेलमा समान जित हात पारेको चेन्नई भने सातौं स्थानमा छ। 

चैत १८, २०८१ सोमबार ०७:५०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।