तीनकुने घटनामा पक्राउ परेका मिश्रसहितमाथि चार आरोप

तीनकुने घटनामा पक्राउ परेका मिश्रसहितमाथि चार आरोप

काठमाडौँ : तीनकुनेमा भएको प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपमा पक्राउ परेकाहरूलाई प्रहरीले चार अभियोगमा अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार उनीहरूमाथि राज्य विद्रोह, ज्यान मार्ने उद्योग,आगजनी, तोडफोड र राज्य विद्रोहको अपराधमा अदालतबाट म्याद लिने तयारी गरेको हो।

प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतका एक सय बढीलाई पक्राउ गरेको छ।

शुक्रवार राजतन्त्र फर्काउन तीनकुनेमा आयोजित प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। आगजनी र तोडफोडका घटना भएपछि प्रहरीले आयोजक समितिका पदाधिकारीहरूलाई पक्राउ गरेको थियो। कार्यक्रमका कमान्डर दुर्गा प्रसाईँ भने फरार छन्।

 

चैत १७, २०८१ आइतबार १७:०१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।