राजसंस्था पक्षधरको नेतृत्व परिवर्तन, अब जगमान गुरुङले कमान्ड सम्हाले

राजसंस्था पक्षधरको नेतृत्व परिवर्तन, अब जगमान गुरुङले कमान्ड सम्हाले

काठमाडौं : राजसंस्था पक्षधरले घोषणा गरेको संयुक्त जनआन्दोलन समितिको नेतृत्व परिवर्तन भएको छ।

आफू नजरबन्दमा परेपछि नवराज सुवेदीले एक विज्ञप्ति निकालेर जगमान गुरुङलाई नेतृत्वको जिम्मेवारी दिएका हुन्।

विज्ञप्तिमा उनले भनेका छन्, ‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले नेतृत्व गर्नुहुनेछ।’

शुक्रबारको राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि सुवेदीलाई नजरबन्दमा राखिएको छ।

शुक्रबार राजावादी प्रदर्शनकारीले निजी र सरकारी सम्पत्तिमा व्यापक तोडफोड, लुटपाट र आगजनीसमेत गरेका थिए।

प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने गोली लागेका अर्का दुई जनाको अस्पतालमा उपचार भइरहेको छ।

चैत १७, २०८१ आइतबार १३:५५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।