प्रतिनिधि सभा बैठकमा चर्कार्की, १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभा बैठकमा चर्कार्की, १५ मिनेटका लागि स्थगित

काठमाडौं : ढिला गरी सुरू भएको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

११ बजेका लागि बोलाइए पनि ढिला गरी सुरू भएको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि स्थगित भएको हो।

सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताएका थिए।

तर, विपक्षीहरूले कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन्।

चैत १७, २०८१ आइतबार १३:४८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।