कुलमान र हितेन्द्रको रिट ‘हेर्न नमिल्ने’

कुलमान र हितेन्द्रको रिट ‘हेर्न नमिल्ने’

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका दुवै रिट आइतबार (चैत १७) ‘हेर्न नमिल्ने’मा परेका छन्।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेका रिट ‘हेर्ने नमिल्ने’ सूचीमा परेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।

दुवैले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ऊर्जा मन्त्रालयसहितलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका थिए। मुद्दाको प्रारम्भिक सुनुवाई मंगलबार भएको थियो।

मन्त्रिपरिषद् निर्णयबाट बर्खास्त गरिएका घिसिङले आफूलाई कार्यकाल नसकिँदै बिनाकारण पदबाट हटाइएको भन्दै पुनर्बहालीका निम्ति अन्तरिम आदेश माग गरेका छन्।

नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने घिसिङको नियुक्ति नै गैरकानुनी भएकाले आफ्नो पुनर्नियुक्तिमा प्रश्न उठाउन नसकिने जिकिर गरेका छन्।

सर्वोच्चले आइतबार छलफलका निम्ति दुवै पक्षलाई डाकेको थियो। घिसिङको रिटमा अन्तरिम आदेश नभएमा हितेन्द्रले निरन्तर काम गर्न पाउनेछन्। घिसिङले अन्तरिम आदेश पाएमा शाक्य पुनः संकटमा पर्नेछन्।

चैत १७, २०८१ आइतबार १२:५२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।