म्यानमारमा भूकम्पपछि पनि प्रजातन्त्र समर्थकलाई सैन्य शासको हवाई आक्रमण जारी

म्यानमारमा भूकम्पपछि पनि प्रजातन्त्र समर्थकलाई सैन्य शासको हवाई आक्रमण जारी

एजेन्सी : म्यानमारको सैन्य जुन्टाले देशमा भूकम्पपछि पनि प्रजातन्त्र समर्थक विद्रोही समूहहरूमाथि हवाई आक्रमण गरेको छ।

संयुक्त राष्ट्र संघले यसलाई पूर्णतया ‘अस्वीकार्य’ भनेको छ।

बीबीसी बर्माले जुन्टा आक्रमणमा सात जनाको मृत्यु भएको पुष्टि गरेको छ। भूकम्प गएको तीन घण्टा नबित्दै सैन्य जुन्टाले प्रजातन्त्र समर्थकमाथि आक्रमण गरेको हो।

जुन्टाले भूकम्पको केन्द्रबिन्दु, सागिङको चाङ-यू टाउनशिप र अन्य स्थानहरूमा यी आक्रमण गरेको थियो। म्यानमार-थाइल्याण्ड सीमा नजिकैका ठाउँहरूमा पनि जुन्टाले आक्रमण गरेको रिपोर्टहरू छन्।

यसैबीच, म्यानमारको सैन्य परिषद्ले भूकम्पबाट मृत्यु हुनेको संख्या बढेर एक हजार ६४४ पुगेको जनाएको छ।

सैन्य नेताहरूले भूकम्पबाट घाइते हुनेको संख्या बढेर तीन हजार ४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताएका छन्।

चैत १७, २०८१ आइतबार ११:३९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।