कुलमान घिसिङको मुद्दा प्रधानन्यायाधीश राउत र सुवेदीको संयुक्त इजलासमा

कुलमान घिसिङको मुद्दा प्रधानन्यायाधीश राउत र सुवेदीको संयुक्त इजलासमा

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त गरिएका प्रबन्ध निर्देशक कुलमान घिसिङको मुद्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र शारङ्गा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।

घिसिङले दायर गरेको रिटमा न्यायाधीश अव्दुल अजीज मुसलामानको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै आइतबारका लागि अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश दिएको थियो।

सोही अनुरुप केही बन्दी प्रत्यक्षीकरणका मुद्दापछि कुलमानले दायर गरेको रिटमा सुनुवाइ हुने भएको हो। राउत र सुवेदीको संयुक्त इजलासमा प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको मुद्दा पनि सुनुवाइ हुनेछ।

सरकारी पक्षसँगको छलफलपछि सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे निर्णय गर्नेछ।

चैत १७, २०८१ आइतबार ११:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।