‘वाडा अटो शो’को आज अन्तिम दिन, एलएस अटोका गाडी खरिदमा तीन लाखसम्म छुट

‘वाडा अटो शो’को आज अन्तिम दिन, एलएस अटोका गाडी खरिदमा तीन लाखसम्म छुट

काठमाडौं : पोखरामा आयोजित ‘वाडा अटो शो’मा एलएस अटोका गाडी खरिदमा तीन लाख रुपैयाँसम्म छुट पाइने भएको छ।

बिहीबारबाट सुरू भएको अटो शोमा एलईभी ०१ का गाडी खरिदमा तीन लाख रुपैयाँसम्मको छुट पाइने नेक्सन वेन्चरस् प्रालि अर्थात एलएस अटोको आधिकारिक वितरक कम्पनीका महाप्रबन्धक नवीन फुयाँलले जानकारी दिए।

वाडा अटो शोको आज अन्तिम दिन हो।

अटो शोमा कम्पनीले एलईभी ०१ मोडल प्रदर्शनीमा राखेको छ। नेक्सन भेन्चर्सले चिनियाँ कम्पनी एलएस अटोको एलईभी ०१ मोडल नेपालमा ल्याएको हो।

एलईभी ०१ स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक छ। यी ईभीमा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर छ। यो मोटरले ३०० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ।

एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स छ। ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्रीभन्दा ८ प्रतिशतले बढी  रहेको कम्पनीको दाबी छ। जसले एक पटकको फुल चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिन्छ।

गाडीमा ९९ किलोवाटको मोटर रहेको कम्पनीले उल्लेख गरेको छ। स्ट्यान्डर्ड एडसन को मूल्य ६१ लाख ९५ हजार रहेको छ भने कम्फर्ट एडिसन को मूल्य ६९ लाख ९५ हजार रुपैयाँ रहेको छ।

चैत १७, २०८१ आइतबार १०:५८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।