म्यानमार भूकम्पमा अहिलेसम्म १६ सय ४४ जनाको मृत्यु, ३४ सय जना घाइते

एजेन्सी : शनिबार दिउँसो ३:४५ बजे म्यानमारमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ।
यसको तीव्रता रिक्टर स्केलमा ५.१ मापन गरिएको थियो। यसरी, पछिल्ला २ दिनमा ५ भन्दा बढी तीव्रताका तीनवटा भूकम्प गए।
शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्पपछि म्यानमारमा ठूलो क्षति भएको छ। मृत्यु हुनेको संख्या १० हजार नाघ्नसक्ने बताइएको छ।
यो आशंका संयुक्त राज्य भूगर्भ सर्वेक्षणले व्यक्त गरेको हो। भूकम्पको धक्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।
समाचार एजेन्सी एएफपीका अनुसार शनिबारसम्म मृत्यु हुनेको संख्या एक हजार ६४४ पुगेको छ भने तीन ४०८ भन्दा बढी घाइते भएका छन् र १३९ जना बेपत्ता छन्।
अर्कोतर्फ, थाइल्याण्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ। यसमा १० जनाको मृत्यु भयो।
शुक्रबार बिहान ११:५० बजे म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको छ। यो २०० वर्षमा म्यानमार र थाइल्याण्डमा गएको सबैभन्दा ठूलो भूकम्प थियो।
ठूलो विनाशका कारण म्यानमारका छ राज्य र सम्पूर्ण थाइल्याण्डमा आपतकाल लगाइएको थियो।
चैत १७, २०८१ आइतबार ०८:४४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।